Monday, July 24, 2023

Ups and Downs.

Ups and Downs part of Life.. 
Sometimes we have a Bumpy Ride.. 
Sometimes we have a Smooth Ride.. 
We all have to face them once in a while.. 
But no matter what we have to ride.. 

Ups and Downs part of Life.. 

Sometimes we Fall.. 
Sometimes we Rise.. 
In the end we got to make decision Wise. 

घर बिगार्ने पराया धन !!


हामी छोरी जाती कत्ति अभागी
पराया धन पराया घर बाट आएकि 
बिहे पश्चात त झन्न न घरकी न घाटकी 
I mean न माइतकी न ससुरालकी 

माइतलाइ घर भनु त “अब यो तिम्रो घर होइन” 
ससुराल लाइ ससुराल भनु त “अब यहि नै तिम्रो घर हो “ 
तर जब हाम्रो मन्तव्य राख्ने समय आउन्छ ! 
त्यो समय कहि ले आउन्छ ? 

माइति मा केहि सुझाव दिम् ः तिमी तिम्रो घर सम्हाल You don’t know half the story here! 
ससुराल मा केहि सुझाव दिम् ः तिम्रो घर मा नि यस्तै हुन्छ ?  You don’t know the background story! 

न माइति न ससुराल विचरी हाम्री आमा, सासुमा । 
उनि विवाह गरी आइन तयो घरलाई आफ्नो ठानिन् , आफ्नो बनाइन । आमा बनिन् , सासुमा बनिन्। बुहारी भित्र्याइन तर अझै पनि ऊ पराइ छिन् त म हिजोको चल्ला त्यसमाथी पराया घर बाट आएकि ले जन्म दिएकि पराया घर जाने जात र झन् अब त पराया घर गइ सकेकि 
कुन हो मेरो घर र कहा म जाऊ ? 

माइति ः यो तिम्रो घर हैन, यहा हक् न जमाउ । 
ससुराल  ः यो तिम्रो घर हैन, यहा आप्नो मन्मर्जी न चलाउ ।  त 
कुन हो मेरो घर र कहा म जाऊ ? 

Educated छु “ Communication is the Key” 
तर सम्स्या देखेर नि आॅखा टाल्नु पर्ने ! आवाज भएर पनि मुख टाल्नु पर्ने किनकि तिमी पराया धन हौ! तिमीले घर जोडेर राख्नु पर्छ। तिमी बोल्यौ भने त्यहा आगो लाग्छ। जे चलिरहे छ त्यस्तै चल्न देउ। किनकी तिमी स्त्री  हौ तिमी सहनशील हुनु पर्छ । ससुरालीको आगो माइति न ल्याउनु न माइति को आगो ससुराल । बस हर सम्स्या देखेर नि अन्देखा गरी सहन्शील भइ बस्नु। संघर्स गर्नु । keep adjusting even if the shoe pinches badly! सम्झनु तिमी आगो को बिच मा छौ अब त्यो आगो ले पोले नि जलाएनि सहेर बस्नु। यसरी नै परिवार जोडिन्छ। 

त किन मलाइ पढायौ, बडायौ । शिक्षित बनायौ ? 
छोरा छोरी बराबर त भन्यौ तर किन छोरालाई परिवार जोडेर राख्ने शिक्षा दिएनौ ? Decisions लिने घरका ले ।।घरधन्दा मिलाउने  पराया घर बाट आएकि ले । कसरी ?? हरेक घर को नियम कानुन परिवेश भिन्न हुन्छ त ति पराया घर बाट आएकिले पराया धन लाई यो पराया घरको नियम कानुन कस्ले सिकाउने ?  घर धान्ने पुरुष, घर को ठोश व्यक्ति पुरुष तर घर धान्ने शिक्षा दिन्छौ पराया स्त्री लाइ त कसरी हुन्दैन CONFLICT ?  कि त पहिले झै हामी पराया धन लाई अशिक्षित नै छोड्देउ । उठ भने उठ्यो बस् भने बस्यो ! निशब्द कटपुतली झै ।। हैन भने घरका व्यक्ति हरुलाई पनि घरेलु शिक्षा देउ अनि बल्ल घरेलु हिंशा कम होला !  अनि बल्ल छोरा छोरी बराबर होला ।। न भए ति पराया घर बाट आएकि ले कुन घर को नियम कुन घर को कानुन, कुन घर कि पराया धन लाइ कसरी सिकाउने। कि त पिहले पहिले झै सानै उमेर मा पराया घर पठाउनु पर्यो अझ जन्मना साथ। अनि उ शायद पुर्न रूप ले त्यो घर कि हुन्छे ! ! शायद !! 

र बिर्सी देउ कि हामी छोरी जाती नि एक मनुष्य जाती हौं भनेर । 

सन्दर्भ हर घर को कहानी। आईमाई जात लड्छे  , मन्मुटाव गर्छे । पुरुष जात मोण बस्छन । सभ्य भइ कुरा काट्न भने पछि पर्दैन्न।  कुरा काट्ने त आईमाई जात हो। झै झगडा मा पर्दैन्न । र घर बिगार्ने ति पराया धन ( सासु् बुहारी, अमाजु , नन्द ) हुन । त ति घरका ले के हेरेर बसेको ?  पराया धन हरु आफै confused छन होला ! उन्ले भिन्न वातवरण देखेका हुन्छन ! माइतिको ससुराली को । ति घरका ले त एउटा मात्र हो त्यो पनि मत्लव नगर्ने ? उनिहरू आफैलाई थाहा हुन्दैन घर मा के कस्तो नियम कानुन छ । ओ नियम कानुन त पराया धन लाइ मात्र लागु हुन्छ अनि जब ति घर का ले पराया धन लाई ल्यउन्छन् ति पराया घर कि लाइ यो पराया घरको नियम कानुन केहि थाहा हुन्न । अनि  एउटि पराया धन ले अर्कि पराया लाइ के सिकाउन्छ  सहमति भए त ठिकै छ असहमति भए बिस्तारै आगो लाग्छ अनि घरका ले ति पराया स्त्रि को अर्कै रुप देख्छ र घर भाड्ने त्यही पराया धन हुन्छ । घर का लाई ति नियम कानुन बारे शिक्षा भए आउने पराया धनलाई नि के हि शहज हुन्थ्यो त  incase घरमा रहेका पराया ले नियम  मिचे र  तल माथि गरे सचेत गर्न सक्त्थे । 

कोहि पनि सत्री आफ्नो घर भाडियोस, माइति विग्रियोस भन्ने चाहान्न। कोहि पनि महिला , पुरुष झै , झैझगडा मन  पराउन्दैन ! तर जब सम्म उ पराइ हुन्छे, उस्ले लाख कोसिस गरुन  घर मिलाउने , उस्ले चाहे सहि नै बोलुन या बोल्दै न बोलुन उस्ले घर बिगारेकै हुन्छ ।