हामी छोरी जाती कत्ति अभागी
पराया धन पराया घर बाट आएकि
बिहे पश्चात त झन्न न घरकी न घाटकी
I mean न माइतकी न ससुरालकी
माइतलाइ घर भनु त “अब यो तिम्रो घर होइन”
ससुराल लाइ ससुराल भनु त “अब यहि नै तिम्रो घर हो “
तर जब हाम्रो मन्तव्य राख्ने समय आउन्छ !
त्यो समय कहि ले आउन्छ ?
माइति मा केहि सुझाव दिम् ः तिमी तिम्रो घर सम्हाल You don’t know half the story here!
ससुराल मा केहि सुझाव दिम् ः तिम्रो घर मा नि यस्तै हुन्छ ? You don’t know the background story!
न माइति न ससुराल विचरी हाम्री आमा, सासुमा ।
उनि विवाह गरी आइन तयो घरलाई आफ्नो ठानिन् , आफ्नो बनाइन । आमा बनिन् , सासुमा बनिन्। बुहारी भित्र्याइन तर अझै पनि ऊ पराइ छिन् त म हिजोको चल्ला त्यसमाथी पराया घर बाट आएकि ले जन्म दिएकि पराया घर जाने जात र झन् अब त पराया घर गइ सकेकि
कुन हो मेरो घर र कहा म जाऊ ?
माइति ः यो तिम्रो घर हैन, यहा हक् न जमाउ ।
ससुराल ः यो तिम्रो घर हैन, यहा आप्नो मन्मर्जी न चलाउ । त
कुन हो मेरो घर र कहा म जाऊ ?
Educated छु “ Communication is the Key”
तर सम्स्या देखेर नि आॅखा टाल्नु पर्ने ! आवाज भएर पनि मुख टाल्नु पर्ने किनकि तिमी पराया धन हौ! तिमीले घर जोडेर राख्नु पर्छ। तिमी बोल्यौ भने त्यहा आगो लाग्छ। जे चलिरहे छ त्यस्तै चल्न देउ। किनकी तिमी स्त्री हौ तिमी सहनशील हुनु पर्छ । ससुरालीको आगो माइति न ल्याउनु न माइति को आगो ससुराल । बस हर सम्स्या देखेर नि अन्देखा गरी सहन्शील भइ बस्नु। संघर्स गर्नु । keep adjusting even if the shoe pinches badly! सम्झनु तिमी आगो को बिच मा छौ अब त्यो आगो ले पोले नि जलाएनि सहेर बस्नु। यसरी नै परिवार जोडिन्छ।
त किन मलाइ पढायौ, बडायौ । शिक्षित बनायौ ?
छोरा छोरी बराबर त भन्यौ तर किन छोरालाई परिवार जोडेर राख्ने शिक्षा दिएनौ ? Decisions लिने घरका ले ।।घरधन्दा मिलाउने पराया घर बाट आएकि ले । कसरी ?? हरेक घर को नियम कानुन परिवेश भिन्न हुन्छ त ति पराया घर बाट आएकिले पराया धन लाई यो पराया घरको नियम कानुन कस्ले सिकाउने ? घर धान्ने पुरुष, घर को ठोश व्यक्ति पुरुष तर घर धान्ने शिक्षा दिन्छौ पराया स्त्री लाइ त कसरी हुन्दैन CONFLICT ? कि त पहिले झै हामी पराया धन लाई अशिक्षित नै छोड्देउ । उठ भने उठ्यो बस् भने बस्यो ! निशब्द कटपुतली झै ।। हैन भने घरका व्यक्ति हरुलाई पनि घरेलु शिक्षा देउ अनि बल्ल घरेलु हिंशा कम होला ! अनि बल्ल छोरा छोरी बराबर होला ।। न भए ति पराया घर बाट आएकि ले कुन घर को नियम कुन घर को कानुन, कुन घर कि पराया धन लाइ कसरी सिकाउने। कि त पिहले पहिले झै सानै उमेर मा पराया घर पठाउनु पर्यो अझ जन्मना साथ। अनि उ शायद पुर्न रूप ले त्यो घर कि हुन्छे ! ! शायद !!
र बिर्सी देउ कि हामी छोरी जाती नि एक मनुष्य जाती हौं भनेर ।
सन्दर्भ हर घर को कहानी। आईमाई जात लड्छे , मन्मुटाव गर्छे । पुरुष जात मोण बस्छन । सभ्य भइ कुरा काट्न भने पछि पर्दैन्न। कुरा काट्ने त आईमाई जात हो। झै झगडा मा पर्दैन्न । र घर बिगार्ने ति पराया धन ( सासु् बुहारी, अमाजु , नन्द ) हुन । त ति घरका ले के हेरेर बसेको ? पराया धन हरु आफै confused छन होला ! उन्ले भिन्न वातवरण देखेका हुन्छन ! माइतिको ससुराली को । ति घरका ले त एउटा मात्र हो त्यो पनि मत्लव नगर्ने ? उनिहरू आफैलाई थाहा हुन्दैन घर मा के कस्तो नियम कानुन छ । ओ नियम कानुन त पराया धन लाइ मात्र लागु हुन्छ अनि जब ति घर का ले पराया धन लाई ल्यउन्छन् ति पराया घर कि लाइ यो पराया घरको नियम कानुन केहि थाहा हुन्न । अनि एउटि पराया धन ले अर्कि पराया लाइ के सिकाउन्छ सहमति भए त ठिकै छ असहमति भए बिस्तारै आगो लाग्छ अनि घरका ले ति पराया स्त्रि को अर्कै रुप देख्छ र घर भाड्ने त्यही पराया धन हुन्छ । घर का लाई ति नियम कानुन बारे शिक्षा भए आउने पराया धनलाई नि के हि शहज हुन्थ्यो त incase घरमा रहेका पराया ले नियम मिचे र तल माथि गरे सचेत गर्न सक्त्थे ।
कोहि पनि सत्री आफ्नो घर भाडियोस, माइति विग्रियोस भन्ने चाहान्न। कोहि पनि महिला , पुरुष झै , झैझगडा मन पराउन्दैन ! तर जब सम्म उ पराइ हुन्छे, उस्ले लाख कोसिस गरुन घर मिलाउने , उस्ले चाहे सहि नै बोलुन या बोल्दै न बोलुन उस्ले घर बिगारेकै हुन्छ ।