गर्मीको समय, भेडा सिंगले चिसो पानी खानलाई भनेर बजार बाट ठुलो माटोको भाडो ल्याएको रहेछ। चिसो पानी खाने भनेर उसले धारामा नंया भाडो टल्काउने टुल्काउने खै के के गर्दै थियो त्यही समय मा एता फुलनदेवी सांझ भैसकेको हुंदा बेलुकीको खाना पकाउन हतारींदैथिइन् । कस्ले के ल्यायो के गर्यो उसको चासोको कुरोनि थिएन। त्यही समयमा माथी बाट च्यन्टेको बाउले कराएर ल्ययो “ए फुलनदेवीझट्ट माथी आऊ त तिम्रो बाबूले याहा लुगा भिजायो” फुलनदेवी नि छिटो छिटो गर्दै माथी पुगिन् र च्यानटेको बाउलाइ बेलुकिकोबेलीबिस्तार मा मद्त गर्न आग्रह गरी बच्चाको लुगा फेर्न लाई । काम सकेर भान्सा पुग्दा च्यान्टे बाउ फुलेर हप्प थियो कारण कहि कतैबाट पानी बगेर भान्सामा पानी पानी थियो र उनलाई रात पर्नु अगी बजार मा केही काम सक्नु थियो “है न का बाट यो पानी बग्दै छ” फुलनदेवी नि अच्चम्म मान्दै “अगी सम्म त थिएन भनेर पानीको स्रोत खोज्न लागी र त्यही माटो को भाडो देखाउंदै भनिः “ अगि भेंडासिंगलेयो भाडो चलेको त देखे थिए। पानी राख्दा पोक्ख्यो होला “ च्यनटेको बाउ “म अगी देखी पुच्छेको पुच्छै छु “ भन्दै भाडो हेरेको त भाडोफुटेको रहेछ। “लौन नी! त्यो भेडासिंग लाइ खबर गर्नुस त मेरो बच्चा ले फेरी दुः ख दियो भनेर फुलनदेवी बच्चा स्यरन लागी। बच्चालाइफकाइ फुलाइ भान्सा पस्दा त भेडासिंगः “मैले बुजे त्यो राक्छेसनी फुलनदेवीले उसको बच्चाको सामान निकालेर मेरो सामान राख्योभनेर फुटाल्देकी” भन्दै बर्बराउदै थियो। “हैन के हो र पायो भन्दैमा मनपरी आरोप लगाउने, तपाईले भनेर त बल्ल त्यो पलेट ख्याल गर्दै छु।” भनेर फुलनदवी पनी पड्किन थाली । “तिमीले न भए कोसले त अस्ति यो बिगार्यौ उहिले त्यो बिगार्यौ “ भन्दै भए न भएका आरोप हरुलगाउन थाल्यो। “ हैन गर्मी को समय छ, माटोको भाडो temperature मिलेन भनेनि फुट्न सक्छ नि” भनेर फुलनदेवी भन्दै थिइ तरभेडासिंग न पर्यो “अगि सम्म केइ न भा भुत आयो त के के……“ हैट यो भेडासिंगलाई सम्झाउनु भन्दा बरु टाऊको फोड्नु जाती हुन्छ भन्दैफुलनेवी आफ्नो बच्चालाई च्यापी र कोठा तिर लागी ।
अस्तु॥
No comments:
Post a Comment